पूर्वाधार वाच, धनकुटा ।
फोहोरको लेदोमा डुबेर धनकुटामा दुई बालकको मृत्यु भएको छ । धनकुटा नगरपालिका १० मा सञ्चालित विजय पोल्ट्री फार्मले निष्कासन गरेको फोहोरको लेदोमा डुबेर धनकुटा १० का ११ वर्षीय मनीष खतिवडा र वडा नम्बर ९ का १५ वर्षीय दीपेश ओझाको मृत्यु भएको धनकुटा प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानमा कम्पनीको लापरबाही देखिएको घट्नास्थलमा रहेका धनकुटा प्रहरी उपरीक्षक होम अधिकारीले जनाए ।
उनले भने, ‘कम्पनीको कुखुराको फार्मबाट निस्केको सुलीसहितको फोहोर व्यवस्थित नगरी बाटोको छेउमा फालेको देखिन्छ ।’
घट्ना शनिबार ११ बजेतिरको भए पनि कम्पनीको लापरबाही भएको भन्दै आफन्तले मृतक बालकको शव अहिलेसम्म बुझ्न मानेका छैनन् ।










प्रतिक्रिया दिनुहोस्