पूर्वाधार वाच, काठमाडौं ।
नयाँ वर्ष २०८१ को अवसरमा निशानको नयाँ गाडी खरिद गर्दा ६ लाखसम्म नगद छुट र ३ लाखसम्म एक्सचेन्ज बोनस पाइने भएको छ ।
निशानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले नगद छुटमा केन्द्रित नयाँ वर्ष अफर ल्याएर यस्तो अवसर प्रदान गरेको हो ।
नगद छुट र एक्सचेन्ज वोनसको साथ ग्राहकले १ वर्षको इन्स्युरेन्स तथा एक वर्षकै रोड ट्याक्स समेत निशुल्क पाउनेछन् । उक्त अफर निशानको सबै मोडलमा लागु हुने बताइएको छ ।
निशानको हाल नेपाली बजारमा म्याग्नाईट, किक्स र एक्स–ट्रायल मोडलका एसयूभी उपलब्ध छ भने पिक अपमा नभरा तथा इलेक्ट्रिक सेडान लिफ बिक्री हुँदै आएका छन् ।










प्रतिक्रिया दिनुहोस्