पूर्वाधार वाच, काठमाडौं ।
ख्रीष्टियन सांगीतिक क्षेत्रमा होसन्ना मण्डलीका पास्टर राजु सुन्दासको ‘प्रशंसा’ नामक नयाँ गीत
सार्वजनिक भएको छ ।
बुधबार राजधानीमा आयोजित एक कार्यक्रमबीच गायिका सलोमी तिमोथी र पास्टर सुन्दासले संयुक्त रूपमा गीतको भिडियो सार्वजनिक गरे ।
नेपाली चर्चमा प्रभुको महिमा, प्रशंसा र आराधना गर्नका लागि बनेको ‘प्रशंसा’ गीत नेपाली बाइवलको भजन संग्रह १०३ः १–५ बाट लिइएको बताइएको छ ।
गायिका ममता गुरुङको स्वर रहेको गीतमा शब्द तथा संगीत लेभेन्डर प्रि स्कुलका प्रिन्सिपल लिडिया लामाको रहेको छ भने उदयराज पौडेलले गीतलाई एरेन्ज गरेका हुन् ।
प्रसाद फिल्मको लै लै गीतका गीतकार समेत रहेका गणेश शाहीले निर्देशन गरेको म्युजिक भिडियोमा होसन्ना चर्च सेवकाईका हन्ना वादी, एस्तर वादीको अभिनय रहेको छ ।
दिनेश पराजुली र विशाल थापाले छायाङ्कन गरेको गीतको भिडियोलाई रंगविद तथा सम्पादक दिन्सन शाहले सम्पादन गरेका हुन् ।
डीएमएम नेपाल अफिसिएल नामक युट्युब च्यानलमार्फत गीतको भिडियो पनि सार्वजनिक भएको छ ।
भिडियो….










प्रतिक्रिया दिनुहोस्