images
images

प्रि-ओपन सेसनमा नेप्से सामान्य बढ्यो

पूर्वाधार वाच, काठमाडौं।

प्रि-ओपन सेसनमा नेप्से सूचक १.३९ अंकले  बढेको छ । यससँगै सूचक २०४२.०९ विन्दुमा आएको छ ।

२८ कम्पनीको १४ सय ६० कित्ता सेयर कारोबार हुँदा ८ लाख  १० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

सेसनमा कुल ३८ वटा कारोबार भएको हो । १४ कम्पनीको भाउ बढ्दा १३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्