images
images

हिम पर्वत हाइड्रोपावरले आइपीओ जारी गर्ने

पूर्वाधार वाच, नेपालगन्ज ।

हिम पर्वत हाइड्रोपावर लिमिटेडले आइपीओ प्रस्ताव सहित जेठ २७ गते विशेष साधारण सभा बोलाएको छ ।

सभा यस कम्पनीको मुख्य कार्यालय डब्लुटीसी, त्रिपुरेश्वरमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।

प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धमा पनि छलफल हुनेछ । त्यसैगरी, अग्राधिकार सेयरलाई साधारण सेयरमा परिणत गर्ने एजेन्डा पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्