images
images

ब्राजिल र स्पेनबीचको मैत्रीपूर्ण खेल बराबरीमा रोकियो

पूर्वाधार वाच, काठमाडौं ।

ब्राजिल र स्पेनबीचको मैत्रीपूर्ण खेल बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेल ३(३ गोलको बराबरीमा रोकिएको हो ।

ब्राजिलका लागि लुकास पाक्वेटाले खेलको ९६औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ब्राजिललाई हारबाट बचाएका थिए । यस अघि ब्राजिलका लागि रोड्रीगो र युवा खेलाडी एनड्रिकले एक एक गोल गरेका थिए ।

त्यसैगरी स्पेनका लागि रोड्रीले पेनाल्टीमार्फत दुई गोल गरेका थिए भने डानी ओल्मोले एक गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्