images
images

खेल पूर्वाधारको लागि १ अर्ब ३० करोड बजेट विनियोजन

पूर्वाधार वाच, काठमाडौं ।

सरकारले खेल पूर्वाधार विकासको लागि १ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत् अर्थमन्त्री वर्षमान पुनले युवा तथा खेलकुद मन्त्रालयको लागि ३ अर्ब ५० करोड विनियोजन गरेको जानकारी दिए ।

यस्तै काठमाडौंको मूलपानी क्रिकेट रङ्गशाला र विराटनगरको गिरिजाप्रसाद कोइराला रङ्गशालालाई राष्ट्रिय गौरवका आयोजनाको रूपमा निर्माण गरिने पनि उनले बताए ।

भरतपुरमा निर्माणाधीन गौतम बुद्ध रङ्गशाला संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा निर्माण कार्य अगाडि बढाइने, कीर्तिपूर क्रिकेट रंगशालाको स्तरोन्नति र फाप्ला क्रिकेट रंगशाला निर्माणलाई तीव्रता दिइने पनि बजेट वक्तव्यमा उल्लेख छ ।

सरकारले खेलकुद क्षेत्रको पूर्वाधार निर्माण, सञ्‍चालन र व्यवस्थापनमा निजी क्षेत्रको संलग्नता बढाई खेलकुद अर्थतन्त्रको विकास गर्ने पनि बताएको छ।

प्रतिक्रिया दिनुहोस्