images
images

डढेलो नियन्त्रणमा लिन सयौँ सर्वसाधारण परिचालित

कुन्मिङ, एजेन्सी ।

चीनको युनान प्रान्तको जङ्गलमा शुक्रबारदेखि लागेको डढेलोलाई नियन्त्रणमा लिन दुई हजार ३०० भन्दा बढी स्थानीयले अविराम सङ्घर्ष गरिरहेका छन् ।

राजधानी कुनमिङको जिनिङ जिल्लाको डियान्ताउ गाउँको वस्ती नजिकै जङ्गलमा शुक्रबार दिउँसो ४ बजेदेखि डढेलो लागेको थियो । घटनामा हालसम्म कुनै हताहतको खबर आएको छैन ।

डढेलोले विशाल रूप लिँदै गएपछि वस्तीहरू समेत जोखिममा परेका छन् । स्थानीय प्रशासनले डढेलो निभाउनका लागि ४६ वटा एक्सकाभेटर र दुईवटा हेलिकप्टर परिचालन गरेको अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्