images
images

एमाले प्रवासी संघमा आवद्ध साढे ३ सय जना रास्वपामा प्रवेश

बैतडी– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा  एकै दिन ३ सय ५० भन्दा बढी व्यक्ति प्रवेश गरेका छन्।

भारतकाे हैदराबादमा भएकाे रास्वपाकाे एक कार्यक्रममा  ३सय ५० जना पार्टी प्रवेश गरेका रास्वपाका केन्द्रीय सचिवालय सदस्य देवराज खतिवडाले बताए ।

उनका अनुसार भारतकाे तेलंगाना राज्य रहेकाे एमाले निकट प्रवासि नेपाली संघका अध्यक्ष गाेबिन्द साउद सहितकाे सिंगाे समिति रास्वपा निकट प्रवासी नेपाली मञ्चमा प्रवेश गरेकाे हाे ।

रास्वपाको लोकप्रियता बढिरहेको र नयाँ उमंगका साथ पार्टीमा युवाहरूको आकर्षण बढिरहेको उनले बताए।

पार्टी प्रवेश गरेकाहरुलाई  फूलमाला , खादा र अबिर लगाएर उनिहरुकाे भव्य स्वागत गरिएकाे रास्वपाका नेता बिरबहादुर  विष्ट विनाेदले बताए ।

नेताहरुले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिँदै पार्टीमा बढ्दो विश्वासप्रति खुसी व्यक्त गरेका थिए।

विष्टले भने, “हामीले यहाँ देखेको सहभागिताले देखाउँछ कि जनता नयाँ राजनीतिक विकल्प खोज्दैछ। रास्वपा त्यस विकल्पको रूपमा अघि बढिरहेको छ।”

उनले आगामी समयमा अझ बढी संगठन विस्तार र जनसमर्थन जुटाउने तयारी भइरहेको पनि बताए।

उनका अनुसार कार्यक्रममा प्रवेश गर्नेहरूमा युवा, व्यवसायी र सामाजिक अभियन्ताहरूको ठूलो संख्या रहेको छ।

रास्वपाले आगामी चुनावमा बहुमत ल्याउने लक्ष्यका साथ  जनतासँगको सम्पर्कलाई व्यापक बनाएकाे रास्वपाका केन्द्रीय सचिवालय सदस्य  खतिवडाले बताए ।

प्रतिक्रिया दिनुहोस्

निको खबर
images
SKIP THIS