images
images

जर्मनीका चान्सलर स्कोल्ज चीन भ्रमणमा, आर्थिक सम्बन्ध विस्तार गर्ने उद्देश्य

बेइजिङ, एजेन्सी ।

जर्मनीको सबैभन्दा ठूलो व्यापारिक साझेदारसँग आर्थिक सम्बन्ध विस्तार गर्ने उद्देश्यका साथ जर्मनीका चान्सलर ओलाफ स्कोल्ज आइतबार चीन भ्रमणमा आएका छन् ।

चिनियाँ सरकारी प्रसारक सीसीटीभीका अनुसार स्कोल्ज आइतबार बिहान मन्त्री तथा व्यापारिक फर्म, कम्पनी र सङ्घसंस्थाका कार्यकारी प्रमुख सम्मिलित ठूलो प्रतिनिधिमण्डलसहित चोङकिङ महानगरमा पुगेका हुन् ।

पश्चिमा राष्ट्रहरूले बेइजिङमाथि दबाब बढाइरहेका बेला निर्यातका दृष्टिकोणबाट युरोपको विशाल अर्थतन्त्रले विश्वको दोस्रो ठूलो अर्थतन्त्रबाट छुट्टिनुपर्ने आह्वानलाई अस्वीकार गर्ने र बेइजिङसँग व्यापार गर्न प्रतिबद्ध रहेको उल्लेख गर्ने अपेक्षा गरिएको छ ।

तर, चीनप्रतिको उहाँको मित्रतापूर्ण पहलले उद्योगहरूका लागि बेइजिङको भारी अनुदानको विरोध गर्दै आएका वासिङ्टन र युरोपेली सङ्घ (ईयू)का साझेदारहरूबीच आक्रोश पैदा गर्ने जोखिम रहेको छ ।

“चीन जर्मनीका लागि वास्तवमै महत्वपूर्ण आर्थिक साझेदार रहेको छ”, स्कोल्जले शुक्रबार पत्रकारहरूलाई भने, “उहाँले चीनमा जर्मन कम्पनीहरूको लागि चीनमा समान व्यवसायिक अवसरको खोजीको प्रयास गर्नुहुनेछ ।”

भूराजनीतिक मोर्चामा, स्कोल्जले आफ्नो भ्रमणलाई चिनियाँ राष्ट्रपति सी चिनफिङलाई उनका रूसी समकक्षी भ्लादिमिर पुटिनलाई लगाम लगाउन र युक्रेनमा रूस युद्धको अन्त्य गर्न मद्दत गर्न आफ्नो प्रभाव प्रयोग गर्न पनि दवाव दिने अनुमान गरिएको छ ।

“चीन र रूसबीचको घनिष्ठ सम्बन्धलाई ध्यानमा राख्दै बेइजिङले रूसमाथि आफ्नो प्रभाव पार्न सक्ने सम्भावना छ,” बर्लिनस्थित जर्मन सरकारी स्रोतले बताएको छ ।

चोङकिङ, साङ्घाई र बेइजिङको तीन दिने भ्रमणमा आएका जर्मन चान्सलर स्कोल्जको चान्सलरका रूपमा यो दोस्रो चीन भ्रमण हो ।

प्रतिक्रिया दिनुहोस्