images
images

महोत्तरीको मटिहानीस्थित जरलहवा गाछीमा भीषण आगलागी, सयाैँ घरटहरामा क्षति

पूर्वाधार वाच, महोत्तरी ।

महोत्तरीको मटिहानी नगरपालिका-६ स्थित जरलहवा गाछीमा भीषण आगलागी भएको छ । गाउँको करिब १ सय घर टहरामा आगो सल्किएको छ ।

अहिले आगो निभाउने प्रयास गरिरहेको मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले बताए । उनले गाउँका १०० भन्दा बढी घर र टहरा जलिसकेका र झन्डै ५० घरमा आगलागी भइरहेको जानकारी दिए ।

अहिले आगो निभाउनका लागि मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, रामगोपालपुर नगरपालिका, प्रदेश प्रहरी कार्यालय जनकपुरको वारुणयन्त्रसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, मटिहानी नगरपालिकाका कर्मचारीलगायतले प्रयास गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्