बैतडी-बैतडीका एक युवक सम्पर्क विहिन भएका छन् ।
जिल्लाको दशरथचन्द नगरपालिका वडा नं- १ मुडाप घर भएका किशोर सिंह भाट भारतमा सम्पर्क विहिन भएका हुन ।
स्राेतका अनुसार भाटलाई भारतको बैङ्गलोर देखि गोवा जाने क्रममा बसले बीचबाटाेमा छाडेकाे थियाे । यात्राका क्रममा कण्डकटरसंग विवाद भएपछि बसले बीचबाटोमा छाडेपछि उनी २० दिन देखि बेपत्ता छन् ।
त्यसपछि उनी सम्पर्कमा नआएको पारिवारिक स्रोतले बताएको छ। २० दिनदेखि भाट सम्पर्कमा नआएपछि परिवार र आफन्तजन चिन्तित बनेका छन्।
उनकाे खाेजिका लागि भारतमा रहेका सबै नेपालीहरुलाई आग्रह गरिएकाे बैतडीका समाजसेवी युवा भाेजराज जाेशी क्वालिटीले जानकारी दिए ।
देख्ने जोसुकैले नजिकैको प्रहरी पाेष्ट अथवा भारतीय नम्बर +918286798295 सम्पर्क गरिदिन आग्रह गरेकाे उनले बताए ।










प्रतिक्रिया दिनुहोस्