पूर्वाधार वाच, बेइजिङ ।
चीनको कुल स्थापित उर्जा उत्पादन क्षमता अप्रिलको अन्त्यमा ३.०१ अर्ब किलोवाट पुगेको छ । १ वर्ष अघिको तुलनामा चिनियाँ उर्जा उत्पादन क्षमता १४.१ प्रतिशतले बढेको राष्ट्रिय ऊर्जा प्रशासनको बिहीबार तथ्यांकले देखाएको छ ।
वायु उर्जा र सौर्य उर्जाको विकासलाई गति दिने चीनको प्रयासबीच गत महिनाको अन्त्यसम्ममा वायु उर्जा लगभग ४ करोड ६० लाख किलोवाट (२०.६ प्रतिशत) र सौर्य ६ करोड ७० लाख किलोवाट (५२.४ प्रतिशत) पुगेको छ ।
जनवरीदेखि अप्रिलसम्म चीनमा प्रमुख उर्जा उत्पादन उद्यमहरुले कुल १९१.२ अर्ब युआन (करिब २६.८९ अर्ब अमेरिकी डलर)को उर्जा आपूर्ति परियोजना लगानी पूरा गरे थिए । १ वर्ष पहिले लगानीमा ५.२ प्रतिशतले वृद्धि भएको थियो ।
विद्युत ग्रिड परियोजनाहरुमा चीनको लगानी ४ महिनाको अवधिमा १२२.९ अर्ब युआन थियो । यो वर्षको सोही अवधिमा लगानीमा २४.९ प्रतिशतले वृद्धि भएको छ ।










प्रतिक्रिया दिनुहोस्