images
images

आजको मौसम पूर्वानुमान : रेमल चक्रवातको प्रभाव रहने

पूर्वाधार वाच, काठमाडौं ।

नेपालमा स्थानीय वायुको प्रभाव संगै देशको पुर्वी भुभागमा ‘रेमल’ चक्रवातको सामान्य प्रभाव रहेको छ ।

हाल कोशी प्रदेशमा पूर्णतया बदली तथा बागमती प्रदेश, मधेश प्रदेश र गण्डकी प्रदेशका पहाडी भुभागमा आंशिक देखि साधारणतया बदली र बाँकी भू-भागमा मौसम आन्शिक बदली रहेको छ।

गण्डकी प्रदेशको थोरै स्थानहरूमा तथा मधेश प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का  देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेशमा साधारण देखि पूर्ण बदली, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

कोशी प्रदेशका केही स्थानहरूमा मेघगर्जनरचट्याङ्गरहावा हुरी सहित हल्का देखि मध्यम वर्षा तथा मधेश प्रदेश लगायत बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।  त्यस्तै आज राती कोशी प्रदेशमा साधारण देखि पूर्ण बदली, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

कोशी प्रदेशका केही स्थानहरूमा मेघगर्जनरचट्याङ्गरहावा हुरी सहित हल्का देखि मध्यम वर्षा तथा मधेश प्रदेश लगायत बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्