पूर्वाधार वाच, काठमाडौं ।
भारतको मुम्बईमा आँधीका कारण ठूलो विज्ञापनको बोर्ड खस्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने ७४ जना घाइते भएका छन् ।
हावाहुरीले मुम्बईको घाटकोपरस्थित व्यस्त सडक छेउमा रहेको विज्ञापन बोर्ड खसेको हो । बोर्ड खस्दा केही घर र पेट्रोल पम्पमा समेत क्षति पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पेट्राल पम्ममा रहेका थुप्रै गाडीमा क्षति पुगेको जनाइएको छ ।
बृहनमुम्बई नगरपालिकाले विज्ञापन कम्पनी ‘इगो मिडिया’विरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको छ । विपद् व्यवस्थापन ऐनअन्तर्गत एफआईआर दर्ता गर्ने बताइएको छ ।
आँधीका कारण हिजो साँझ मुम्बई विमानस्थलमा केहिबेर उडान अवरुद्ध भएको थियो ।










प्रतिक्रिया दिनुहोस्