images
images

बेहुला बेपत्ता भएपछि विवाह स्थगित

बेहुला बेपत्ता भएपछि कञ्चनपुरमा विवाह स्थगित भएको छ।

लालझाडी गाउँपालिका–४ पर्सियाको दीपकराज राना विवाहको चार दिनअघिदेखि बेपत्ता भएपछि विवाह स्थगित गरिएको हो।

वैदेशिक रोजगारीबाट फर्किएका रानाको कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिकाकै राना समुदायकी एक युवतीसँग विवाहको लगनगाँठो तय भएको थियाे ।

फागुन ४ गते तय गरिएको विवाहको सबै तयारी भइसकेपछि बेहुला बेपत्ता हुँदा बेहुला र बेहुली दुवैका आफन्त अन्योलमा छन्। रमझमको तयारीमा रहेका दुवैतर्फ परिवारमा सन्नाटा छाएकोछ।

आपसी सहमतिमा विवाह स्थगित गरेका उनीहरूले दुलहा खोजीका लागि कञ्चनपुर र कैलाली प्रहरीलाई गुहारेका छन्। विवाहको सबै तयारीसहित निम्तोसमेत बाँडेर कैलालीको धनगढीबाट बेहुला सम्पर्कविहीन भएको दुलहाका दाजु लोकराज रानाले बताए।

सम्पर्कविहीन भाइको मोबाइल त्यही दिनदेखि स्विचअफ रहेको रानाले बताए । उनले भाइको खोजीका लागि कञ्चनपुरको बेलौरी प्रहरी र जिल्ला प्रहरी कार्यालय कैलालीमा आग्रह गरेको जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्