पूर्वाधार वाच, नवलपरासी ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी समस्या दुई वर्षभित्र समाधान हुने बताएका छन् ।
उनले भने, ‘लामो समयदेखि अल्झिएको भूमिहीन सुकुम्बासी समस्यालाई संयुक्त सरकारले दुई वर्षभित्र समाधान गर्ने छ ।’
आज पश्चिम नवलपरासीमा डुबान तथा सीमा क्षेत्रको अवलोकनमा आउनुभएका भूमि व्यवस्था मन्त्री अधिकारीले चैत महिनाभित्र आयोग बनाएर वैशाखभित्र कामको थालनी गरिने बताए।
उनले भने, ‘सुकुम्बासीको नाममा जग्गा प्राप्ति गर्ने, जग्गा प्राप्त गरेपछि बिक्री गर्ने विकृतिलाई अन्त्य गर्नु जरुरी छ ।’
जग्गा प्राप्तिपछि लामो समयसम्म बेच्न नपाइने सरकारले नीति, नियम ल्याउन लागेको उनले जानकारी दिए।










प्रतिक्रिया दिनुहोस्