पूर्वाधार वाच, काठमाडौं ।
आधा दर्जन किसान संगठनहरूले भूमि बैङ्कको प्रस्ताव नल्याउन र राष्ट्रिय भूमि आयोग तत्काल गठन गर्न माग गरेका छन् ।
विहिबार अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (अप्फा), अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), अखिल नेपाल किसान यूनियन र अखिल नेपाल प्रगतिशील किसान संघसहित ६ कम्युनिस्ट पार्टी निकट किसान संगठनहरूले नयाँ गठबन्धनले आफ्नो सङ्कल्पमा भुमि बैङ्कको प्रस्ताव ल्याएको प्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
उनीहरूले भनेका छन्, ‘भूमि बैङ्कजस्तो किसान विरोधी कार्यक्रमलाई अविलम्ब खारेज गर्न जोडदार माग गर्दछौँ । साथै, भूमि समस्या समाधान गर्न तत्काल अधिकार सम्पन्न आयोग गठन गरी भूमिहीन दलित, सुकुम्वासीलाई जग्गा उपलब्ध गराउन, अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्न, ‘जमिन जोत्नेको’ नाराका आधारमा वैज्ञानिक-क्रान्तिकारी भूमिसुधार लागु गर्न, विकल्पबिनै किसानहरूलाई उठिबास गराउने कार्य रोक्न माग गर्दछौं ।’










प्रतिक्रिया दिनुहोस्