images
images

लगातार बढ्दैछ सुनको मूल्य, आज कति ?

पूर्वाधार वाच, काठमाडौं ।

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ६०० ले बढेर १ लाख ३६ हजार २०० कायम भएको छ । यो नेपाली बजारमा अहिलेसम्मको सुनको उच्च मूल्य हो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ५५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि आइतबार छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ६०० रुपैयाँ किनबेच भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ९५० रुपैयाँ निर्धारण भएको थियो ।

यता, आज चाँदीको मुल्य पनि प्रतितोला १५ रुपैयाँले बढेर १६ सय ८५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मुल्य प्रतितोला १६ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्