पूर्वाधार वाच, काठमाडौ।
नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत ‘सीईओ मा सुरेन्द्र थापा नियुक्त भएका छन् । २०८० जेठ १७ गते बसेको कम्पनीको सञ्चालक समितिको ५२४ औँ बैठकले खुल्ला प्रतिस्पर्धाको माध्यमबाट थापालाई नियुक्ति दिएको हो ।
बीमा ऐन, २०७९ को दफा ५७ बमोजिम सीईओ थापालाई चार वर्षका लागि नियुक्ति दिने निर्णय गरेको समेत समितिले जनाएको छ ।
२०८० जेठ १८ गतेदेखि लागू हुनेगरी नियुक्ति पाएका सीईओ थापाको पदावधि २०८५ जेठ १७ गतेसम्म रहनेछ ।










प्रतिक्रिया दिनुहोस्