पूर्वाधार वाच, काठमाडौं ।
नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार विहिबार छापावाल सुन तोलामा २०० ले घटेर १ लाख ३६ हजार ६०० कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ९५० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि बुधबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ८०० रुपैयाँ किनबेच भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार १५० रुपैयाँ निर्धारण भएको थियो ।
यता, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य स्थिर रहडिया प्रतितोला १७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्