images
images

सुदूरपश्चिमका ४ पालिकाले पाए प्रमुख प्रशासकीय अधिकृत

पूर्वाधार वाच, काठमाडौं ।

सुदूरपश्चिम प्रदेशका विभिन्न ४ वटा स्थानीय तहले प्रमुख प्रशासकीय अधिकृत पाएका छन् । मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ती स्थानीय तहहरुमा नयाँ प्रमुख प्रशासकीय अधकृत पठाएको हो ।

अछामको तुर्माखाँद गाउँपालिकामा द्रुवप्रसाद अधिकारीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

यस्तै डोटीको आदर्श गाउँपालिकामा पदमराज अवस्थी, पूर्वीचौकी गाउँपालिकामा विक्रम श्रेष्ठ, केआई सिंह गाउँपालिकामा हिमाल डंगौरालाईखटाइएको छ ।

यसअघि निमित्तका भरमा चलिरहेका पालिकाहरुमा प्रमुख प्रशासकीय अधिकृत पठाइएको हो ।

८२ अधिकृतहरुको पदस्थापन, ३० स्थानीय तहले पाए प्रमुख प्रशासकीय अधिकृत (सूचीसहित)

प्रतिक्रिया दिनुहोस्