images
images

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १५ घाइते

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १५ घाइते
जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बाजुरा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीलेका अनुसार हिमाली गाउँपालिकामा बिहिवार बिहान जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही गाउँपालिका–५ क्युडीका ७६ वर्षीया विजा रोकाया र ७५ वर्षीयम वाचा रोकाया रहेको प्रहरी निरीक्षक चौधरीले जानकारी दिए ।

क्युडी गाउँबाट वडा नम्बर ५ को वडा कार्यालयतर्फ आउँदै गरेको बा प्र ०३–००१ ज ०३३८ नम्बरको जीप टुनीगडामा दुर्घटना भएको हो ।

सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न आउने यात्रु बोकेर आएको जीप यात्रु बढी भएर कच्ची सडकमा अनियन्त्रित भइ दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । जीपमा सवारमध्ये १५ जना घाइते भएका छन् ।

घाइतेको उद्धारका लागि हिमाली गाउँपालिकाले एम्बुलेन्ससहित स्वास्थ्यकर्मी घटनास्थल पठाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापाले बताए ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्