images
images

कति छ आज सुनचाँदीको मूल्य ?

पूर्वाधार वाच, काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य स्थिर रहदै मंगलबारकै १ लाख ३९ हजार २०० मा कारोबार भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भएको छ ।

यसअघि सोमबार छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ५०० रुपैयाँ किनबेच भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मुल्य भने घटेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा ३५ रुपैयाँले घटेर  प्रतितोला १७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ

प्रतिक्रिया दिनुहोस्