images
images

नेपाल एयरलाइन्सको न्यारो बडी जहाज मर्मत

पूर्वाधार वाच, काठमाडौं ।

राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको न्यारो बडी जहाज इजरायलमा मर्मत भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले निगमको न्यारो बडी जहाज मर्मतपछि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने जानकारी दिएका हुन्  ।

पत्रकारसँगको अन्तरक्रियामा मन्त्री तामाङले सो जाकारी दिदै लामो समयदेखि इजरायलमा मर्मतमा रहेको जहाज काठमाडौँ आउन लागेको बताए ।

जहाज ग्राउन्डेड भएको झन्डै तीन महिनापछि निगमले उक्त जहाज इन्जिन मर्मतका लागि इजरायल पठाइएको थियो । इजरायलमा मर्मतपछि जहाज काठमाडौं फर्किन लागेको हो ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार इजरायलमा मर्मत भएको न्यारो बडी जहाज भोलि राति काठमाडौं आइपुग्नेछ । जहाज चाँडो मर्मतका लागि पहल गर्दा पनि प्राविधिक कारण विलम्ब भएको उनले जिकिर गरे ।

नाइन–एकेएक्स जहाजको इन्जिन मर्मतका लागि एमआरओ कम्पनी इजरायल एरोस्पेस इन्डस्ष्ट्रिजसँग लिजसहितको इन्जिन मर्मत सम्झौता भएअनुसार जहाज मर्मत गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्