images
images

बढ्यो सुनको मूल्य, तोलामा कति ?

पूर्वाधार वाच, काठमाडौं ।

नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २०० ले बढेर १ लाख ३५ हजार ६०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाल सुन तोलाको एक लाख ३५ हजार ४०० मा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३४ हजार ७५० मा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला १६ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्