images
images

डडेल्धुराकाे आलिताल र परशुरामका ७०भूमिहीन परिवारले पाए लालपुर्जा

बैतडी- डडेलधुराकाे आलिताल र परशुरामका  भूमिहीन तथा अव्यवस्थित परिवारले लालपुर्जा पाएका छन् ।

जिल्लाकाे भित्री मधेसमा पर्ने परशुराम नगरपालिका र आलिताल गाउँपालिकामा बसोबास गर्दै आएका भूमिहीन तथा अव्यवस्थित परिवारहरूले लालपुर्जा पाएका हुन् ।

बुधबार परशुराम नगरपालिकाका ६३ र आलिताल गाउँपालिकाका ७ गरी ७० परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको मालपोत कार्यालय डडेल्धुराका प्रमुख कमलापति भट्टले बताउनु भयाे ।

सेवाका वरिपरि जनता हैनकि जनताका वरिपरि सेवा भन्ने  उद्देश्यका साथ यसपटक लालपुर्जा लाभग्राहीको घरमै पुगेर हस्तान्तरण गरिएको उनले बताए ।

 लिन सेवाग्राही कार्यालय धाउनुपर्ने झन्झट अन्त्य गर्दै, ‘सेवालाई जनमुखी बनाउने’ उद्देश्यले टोली खटाइएको उनकाे भनाइ  छ । घरमै लालपुर्जा पाउँदा भूमिहीन परिवार पनि हर्षितभएका छन् ।

प्रमाणिकरण सम्पन्न भएका लालपुर्जाहरू अब मालपोत कार्यालय जोगबुढाको डिजिटल भू–सूचना प्रणालीमा प्रविष्ट गरिने तयारी भइरहेको जोगबुढास्थित मालपोत कार्यालयका प्रमुख प्रेमबहादुर धामीले जानकारी दिए।

वितरित प्रमाण पुर्जाहरू २०५५ सालतिर तत्कालीन सुकुम्बासी समस्या समाधान आयोगद्वारा नापजाँच गरिए तापनि कानुनी वैधता नपाएका कारण यसपटक पुनः प्रमाणीकरण गरी प्रदान गरिएको मालपोत  कार्यालय डडेलधुराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्