पूर्वाधार वाच, सिरहा ।
सिरहाको गोलवजार नगरपालिका ४ स्थित एनआईसी एसीया बैंकका शाखा प्रमुख र स्थानीय भू–माफियाको सेटिङमा ऋणीले धितो राखेको जमिन कौडीको भाउमा बिक्री गरेको पाइएको छ।
गोल बजार शाखाका तत्कालीन प्रमुख तेज प्रसाद पोखरेलले भू–माफिया र बिचौलियाहरूको आर्थिक प्रभावमा परि व्यवसायीलाई गुमड्हामा पारेर धितो जग्गा कौडीको भाउमा बिक्री गरेको पाइएको हो ।
गोल बजार नगरपालिका ४ का आरके ट्रेडर्स, कृष्ण अटो मोवाईल तथा निजी कर्जा लिएका व्यवसायी दुर्गेश कुमार साहलाई तत्कालीन शाखा प्रमुख पोखरेले गुमराहमा पारेर कडोरौं मूल्यको धितो बापत राखेको ९ कट्टा जग्गा बिचौलिया सँगको सेटिङमा लिलाम गरी बिक्री गरेका छन्।
एनआईसि एसिया बैंकबाट २०७७ सालमा करिब २० करोडको जग्गा धितो राखेर ५ करोड ९५ लाख रुपैयाँ ऋण लिएको आरके ट्रेडर्सका सञ्चालक व्यवसायी दुर्गेश साहले जनाएको छ।
उनले, ‘ऋण लिने वेलामा बैंकले ७.९ प्रतिशत व्याजदरमा ऋण स्वीकृत गरेको थियो। मैले नियमित रूपमा व्याज पनि बुझाउँदै आएको थिए। पछिल्लो समय आर्थिक मन्दिका कारण करिब एक वर्षको व्याज बुझाउन नसकिएको बताए।
उनले भने, ‘ व्याज तिर्न मैले अर्को जग्गा बिक्री गर्ने तरखरमै थिए। तर तत्कालीन शाखा प्रमुख पोखरेल र स्थानीय व्यवसायी तथा गोलबजार नगरपालिकाका निर्वाचित कार्यपालिका सदस्य ‘बिचौलिया’ फुलेस्वर नायकको आर्थिक सेटिङमा मलाई जानकारीविनाकै १५ करोडमा बिक्ने ५ कट्टा जग्गा ३ करोड ५० लाखमा बिक्री गरे। यता जग्गा बिचौलिया नायकको ससुरा महावीर साह महतो सुडीको नाममा बिक्री गरिएको जनाए।
९ कट्टा १० धुर जग्गामध्ये पूर्व पश्चिम राजमार्गसँगै जोडिएको करोडौँ मूल्यको जग्गा काठमाडौँ ११ का पूजा पोखरेलको नाममा बिक्री गरिएको छ। उनी तत्कालीन शाखा प्रमुख पोखरेलको आफन्त छिन्। ’
बैंकले निश्चित बिचौलियाको प्रलोभनमा परी लिलामी बिक्री गरेको विरुद्धमा आज स्थानीय व्यवसायीहरू आन्दोलनमा उत्रिएको गोलवजार व्यापार संघका महासचिव राकेश कुमार गुप्ताले जनाएको छ। उनले भने, ‘ बैंकले गरेको व्यवसायीमाथिको ज्यादती विरुद्ध चरणबद्ध आन्दोलन गर्ने बताए ।
आर्थिक मन्दिका कारण व्याज बुझाउन नसक्दा बैंकले करोडौँको जग्गा बिचौलियाको प्रलोभनमा परि लिलाम गरिएको जग्गा फिर्ता गरिएन भने कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।’
एनआइसी एसिया बैंकले गरेको बदमासीको विरुद्धमा बैंकलाई बुझाएको ज्ञापन पत्रको बेवास्ता गरेकोले आज बाध्य भएर शान्तिपूर्ण आन्दोलनमा उत्रिएको व्यवसायी विक्रम साहले जनाएको छ । उनले भने, ‘बैंकले लिलाम गरेको जगा फिर्ता र बैंकले गरेको यो निर्णयलाई सच्याएन भने व्यवसायीहरुले गरेको आन्दोलनको क्रममा हुने घटनाको सम्पूर्ण जिम्मेवारी एनआईसी एसिया बैंक नै हुने छ।’
आज गरिएको आन्दोलनलाई पनि बैंकले बेवास्ता गरे भोलिदेखि चरणबद्ध कडा आन्दोलन गर्न बाध्य हुने व्यावसायीहरुको भनाई छ।
बैंकहरुले आर्थिक मन्दीको समयमा पनि व्यवसायीहरूको अवस्थालाई मध्यनजर नगर्दै विभिन्न किसिम मानसिक यातना दिएकै कारण सयकडौँ व्यपारीहरु सटर बन्द गरेर विस्थापित हुने गरेको जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष विकास सारडाले जनाएको छ।
उनले, ‘बैंकले व्यवसायीहरुमाथि गरेको ज्यादतीका कारण व्यवसायीहरू आत्मदाह र आत्महत्याको सिकार बनिरहेको छ। उनले भने, ‘ राष्ट्रिय बैंकको लचिलो नीतिले गर्दा केही सहज भएको छ।, ‘यसले मात्र व्यवसायीलाई पुग्दैनन्। सरकारले व्यावसायीहरुको लागी केही नयाँ प्याकेज सहितको व्यवस्था गरिनुपर्ने उनको भनाई रहेको छ।’
बैंकका कर्मचारीहरूले ऋणीहरूमाथि गरिएको अमानवीय व्यवहारका कारण सिराहामा करिब ३० जना भन्दा बढी व्यवसायीहरू अनाहकमा आत्महत्या गरी ज्यान गुमाइसकेको व्यवसायीहरू बताउँछन्।
देश नै आर्थिक मन्दिले आक्रान्त बनिरहेको वेला बैंकका कर्मचारीहरूले व्यवसायीमाथि गरिएको ज्यादतीका कारण जिल्लाबाट करिब सैकडौं व्यापारीहरू पलायन भएको व्यावसायीहरुको भनाई छ।










प्रतिक्रिया दिनुहोस्