images
images

प्रमुख सिंचाइ आयोजनाको निर्माण सुस्त, कति भयो प्रगति ?

पूर्वाधार वाच, काठमाडौं।

प्रमुख सिंचाइ आयोजनाहरूको निर्माण प्रगति निकै सुस्त देखिएको छ। आर्थिक सर्वेक्षण २०८१ अनुसार सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको २७.२ प्रतिशत मात्रै भएको छ।

आर्थिक वर्ष २०८५/८६ मा सम्पन्न गर्ने लक्ष्य लिइएको यस आयोजनाको २०८० फागुनसम्म ४५.४६ हेक्टरमध्ये ४४.७६ हेक्टर जग्गा प्राप्ति कार्य सम्पन्न गरी मुआब्जा वितरण सम्पन्न भएको छ। २०८१ वैशाखमा सुरुङ निर्माणको ब्रेक थ्रू भएको छ।

बबई सिँचाइ आयोजनाको भौतिक प्रगति ७३ प्रतिशत पुगेको छ। यो आयोजनाको आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

२०८० फागुनसम्म १ हेडवक्स, ८०.५८ किलोमिटर मूलनहर, २७१.२३ किलोमिटर शाखारउपशाखा नहर र २५.३९ किलोमिटर बाढीबाट क्षतिग्रस्त क्षेत्र तथा संरचना संरक्षणको निर्माण कार्य सम्पन्न भएको छ।

साइफन निर्माण तथा बाढबाट क्षतिग्रस्त साइफन पुनः निर्माणको सबै कार्य सम्पन्न भएको उल्लेख गरिएको छ। हालसम्म निर्मित संरचनाबाट पूर्वतर्फ १७ हजार हेक्टर र पश्चिमतर्फ ९ हजार हेक्टर गरी २६ हजार हेक्टर सिञ्चित क्षेत्रफल सिँचाइ सुविधा पुगेको उल्लेख गरिएको छ।

सिक्टा सिँचाइ आयोजनाको भौतिक प्रगति ४० प्रतिशत पुगेको छ। यो आयोजनाको आर्थिक वर्ष २०८९/९० मा सम्पन्न गर्ने लक्ष्य छ।

यस आयोजनाअन्तर्गत २०८० को फागुनसम्म बाँके जिल्लाको अगैयास्थित राप्ती नदीमा ब्यारेज निर्माण, मूलबाँधको दायाँतर्फ ९कमाण्ड क्षेत्रसम्म ५० क्युमेक्स क्षमता भएको ४५.२५ कि।मी लामो मूलनहर निर्माण कार्य सम्पन्न भएको उल्लेख छ।

यसैगरी मूलबाँधको बायाँतर्फ १४.५ क्युमेक्स क्षमता भएको ५३ कि.मी. मूलनहर मध्ये ३७ कि।मी।र शाखा नहर १६ कि।मी निर्माण कार्य सम्पन्न भएको उल्लेख गरिएको छ।

हालसम्म २० हजार दुईसय हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको आर्थिक सर्वेक्षणमा देखाइएको छ।

रानी जमरा कुलरिया सिँचाइ आयोजनाको भौतिक प्रगति ७१ प्रतिशत पुगेको छ। २०८०/८१ मा सम्पन्न गर्ने लक्ष्य लिइएको यस आयोजनाको २२०८० फागुनसम्म मूल इन्टेक, मूल नहरमा गेट जडान, विद्युतगृह र १४ किलोमिटर लामो लम्की शाखा नहर परीक्षण कार्य सम्पन्न भएको छ।

साथै कृषि ग्रामीण सडक ९१ कि.मी, स्तोरन्नति कार्य सम्पन्न भएको उल्लेख छ। यस आयोजनाबाट ४.७१ मेगावाट जलविद्युत समेत उत्पादन भएको छ।

भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना भौतिक प्रगति ६५ प्रतिशत पुगेको छ। यो आयोगना आर्थिक वर्ष २०८४र८५ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

आयोजना सम्पन्न भएपछि ४६.८ मेगावाट विद्युत उत्पादन हुने यस आयोजनाअन्तर्गत नेपालमा पहिलो पटक टनेल बोरिङ मेसिन प्रयोग गरी १२.२० किलोमिटर लामो सुरुङको निर्माण कार्य सम्पन्न भएको छ। साथै, भेरी नदीमा डाइभर्सन हेडवक्स निर्माण कार्य सम्पन्न भएको छ।

महाकाली सिंचाइ आयोजना तेस्रो चरणको भौतिक प्रगति २१.८५ प्रतिशत पुगेको छ। यो आयोजनाको आर्थिक वर्ष २०८७/८८ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

२०८० फागुनसम्म टनकपुर मूल नहर निर्माण कार्यको १२ जोड ६९० देखि २३ जोड ३०० सम्मको निर्माण कार्य सम्पन्न गरिएको उल्लेख गरिएको छ। साथै, डिस्टिलिङ बेसिन निर्माण कार्य करिब ९८ प्रतिशत सम्पन्न भएको छ।

ब्रह्मदेव, मुसेपानीरहात्तीथला तथा फुलेली क्षेत्रको ५३०० हेक्टर क्षेत्रफलमध्ये शाखा नं. २० र २१ बाट करिब ६५० हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने संरचना निर्माण भएको उल्लेख गरिएको छ। ५ किलोमिटर शाखा नहर निर्माण गर्ने कार्य सम्पन्न भएको उल्लेख भएको छ।

प्रतिक्रिया दिनुहोस्