पूर्वाधार वाच, काठमाडौं ।
सरकारले उपलब्ध गराएको जग्गामा निजी क्षेत्रबाट पूर्वाधार विकास गर्नेगरी सिमरा विशेष आर्थिक क्षेत्रको ब्लक ए विस्तारलाई विकास तथा सञ्चालन गर्न स्वीकृती दिएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो क्षेत्रको विस्तार, विकास र सञ्चालनको अनुमति दिएको हो ।
सेजमा खनीज, पानी ट्याङ्की, एलइडी लाइट, भाडा–वर्तन, हर्बल प्रोसेसिङ, आल्मुनियमको कन्टेनर, खाद्यान्न प्रशोधन, मूर्ती बनाउने, ग्रेनाइट, मेटल र प्लाष्टिक रिसाइकल, इन्डक्सन चुल्हो, सिमेन्ट बोर्ड, फर्निचर, गार्मेन्ट र एग्रो प्रोसेसिङ लगायतका उद्योग सञ्चालन हुनेछ।










प्रतिक्रिया दिनुहोस्