images
images

११ तस्बिरमा हेर्नुहोस् गोदावरी सनराइज सभाहल

पूर्वाधार वाच, ललतिपुर ।

गोदावरी सनराइज सम्मेलन केन्द्र नेपालको दोस्रो ठूलो सम्मेलन केन्द्र हो। ८१ करोडको लागतमा ४३ रोपनी क्षेत्रफलमा सभा मण्डप निर्माण गरिएको सभाहलको क्षमता तीन हजार मानिसको रहेको छ ।

त्यस्तै सम्मेलन केन्द्रको कुल क्षेत्रफलको २७ प्रतिशत सभाहलले ओगटेको छ  भने हलकोे डिजाइन उदाउँदो सूर्यको आकारमा रहेको छ। सनराइज सभाहलमा ससाना बहुउद्देश्यीय सभाकक्ष, अति विशिष्ट कक्ष र विशिष्ट कक्षसमेत निर्माण गरिएको छ।

भवनका वरिपरि फलफूलका बिरुवासहित बगैंचा, पानीको फोहरा, हरियाली र पार्किङको व्यवस्थापनसमेत गरिएको छ।

सभाहल केसी समानान्तर जेभीले निर्माण गरेको हो। भवनमा आगलागीबाट हुन सक्ने क्षति रोक्न आधुनिक संयन्त्र जडान गरिएका छन्।

 

प्रतिक्रिया दिनुहोस्