पूर्वाधार वााच, काठमाडौं ।
नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज ‘ब्रेक थ्रू’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा विस्फोट गराई २ मिटर खनेर मुख्य सुरुङको ब्रेक थ्रु भएको हो । 
चन्द्रागिरी नगरपालिकाको बलम्बूदेखि धादिङको सिस्नेखोला जोड्ने सुरुङमार्गअन्तर्गत मुख्य सुरुङको लम्बाइ दुई हजार ६ सय ६७ मिटर रहेको छ ।
आयोजनाको आपतकालीन सुरुङ भने गत साउनमै ब्रेक थ्रू भइसकेको छ । सुरुङभित्रको सडक ढलान, बत्ती तथा अक्सिजन पाइप जडान लगायतका काम बाँकी छ । सम्झौताअनुसार सुरुङ मार्गको निर्माण अघिल्लो वैशाखमै सम्पन्न हुनुपर्ने थियो ।













प्रतिक्रिया दिनुहोस्