पूर्वाधार वाच, काठमाडौं ।
सडक किनाराका बिजुलीका पोलहरुमा लत्रिएका तारहरु काठमाडौं उपत्यकाको सामान्य दृश्यजस्तै बनिसकेको छ ।
अझ शहरी र घना बस्ती भएको क्षेत्रमा विद्युतीय तारहरुको अवस्था झन् दयनीय देखिन्छ । वर्षौंदेखि टेलिकम, इन्टरनेट सेवाप्रदायक तथा केबलहरुको तारका कारण काठमाडौं कुरुप बनेको छ ।
यसलाई न्यूनीकरण गर्न काठमाडौं महानगरपालिकाले यदाकता प्रयास पनि नगरेको होइन । यद्यपि यो समस्याको दीर्घकालीन समाधानको पहल भएको भने नदेखिएको स्थानीयको गुनासो छ ।










प्रतिक्रिया दिनुहोस्