पूर्वाधार वाच, काठमाडौं ।
नेपाल निर्माण व्यवसायी महासंघको निर्माण व्यवसायी महिला समन्वय समितिले मकवानपुरका दुई संस्थालाई आर्थिक सहयोग गरेको छ ।
महासंघको २५ औं साधारण सभाको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत शनिबार उक्त सहयोग हस्तान्तरण गरिएको जनाइएको छ ।
निर्माण व्यवसायी महिला समन्वय समितिका पदाधिकारीहरू र निर्माण व्यवसायी संघ मकवानपुरका पदाधिकारीहरूको उपस्थितिमा आर्थिक सहयोग उपलब्ध गराइएको हो ।
सेन्टर फर अटिजम र श्रीमद्भागवत ज्ञान सञ्चार वृद्धाश्रम श्री लक्ष्मी वैंकेटेश मन्दिरलाई जनही २५ हजारको चेक उपलब्ध गराइएको हो ।










प्रतिक्रिया दिनुहोस्