images
images

निर्वाचन आयोगद्वारा गगन थापा नेतृत्वको काँग्रेसलाई आधिकारिकता

काठमाडौँ — निर्वाचन आयोगले नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्य समितिलाई आधिकारिकता प्रदान गरेको छ।

आयोगको आज बसेको बैठकले थापा नेतृत्वको कार्य समितिलाई वैधानिक मान्यता दिने निर्णय गरेको हो।

यस निर्णयसँगै नेपाली काँग्रेसको आधिकारिक चुनाव चिह्न रुख र चारतारे झण्डा गगन थापा नेतृत्वको पक्षलाई प्रदान गरिएको छ।

अब गगन थापा आधिकारिक रूपमा नेपाली काँग्रेसका सभापति बनेका छन्।

निर्वाचन आयोगको निर्णयपछि शेरबहादुर देउवा नेतृत्वको तत्कालीन संस्थापन पक्ष पार्टीको नाम र चुनाव चिह्नविहीन बनेको छ।

आयोगले उक्त पक्षलाई नयाँ दलको नाम र चुनाव चिह्न छनोट गर्न निश्चित समय उपलब्ध गराउने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

निको खबर
images
SKIP THIS