बैतडी–बैतडीकाे सुर्नया र दाेगडाकेदार गाउँपालिकामा नेपाली कांग्रेसकाे पालिका स्तरीय बैठक सम्पन्न भएकाे छ ।
१५ औं महाधिवेशनलाई लक्षित गरेर बैतडी कांग्रेसले दुवै पालिकामा साेमबार पालिकास्तरीय बैठक सम्पन्न गरेकाे हाे ।
१५ औं महाधिवेशनको तयारीका साथै तल्लो तहमा अधिवेशनको बिषयमा छलफल गर्न पालिकास्तरीय बैठक चलिरहेका नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले जानकारी दिए ।
बैठकमा नेपाली कांग्रेसको संगठन विस्तार, नयाँ क्रियाशील सदस्यता वितरण र वडा, पालिका र जिल्ला अधिवेशनका बिषयमा छलफल गर्ने गरिएको उनले बताए ।
बैठकमा बैतडी सभापति चतुरबहादुर चन्द, पूर्व सभापति नरेन्द्रसिंह थापा, उपसभापति वीर बहादुर विष्ट, खगेन्द्रसिंह धामी, नेपाली कांग्रेसका पालिका समितिका पदाधिकारी र सदस्य, प्रदेश क्षेत्रीय समितिका सदस्य, महाधिवेशन प्रतिनिधि र कांग्रेसका क्रियाशील सदस्यहरुको सहभागिता रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्