images
images

शहरी विकास मन्त्री बुढा सम्मानित

पूर्वाधार वाच, काठमाडौं ।

शहरी विकास मन्त्री धनबहादुर बुढा सम्मानित भएका छन्।  रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजित एक समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क्लबका सभापति ऋषिराज धमलाले उनलाई सम्मान गरेका हुन् ।

आफ्नो क्षेत्रको र देशको  आर्थिक सामाजिक, राजनीतिक, सांस्कृतिक विकासमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै क्लबले आफ्नो वार्षिकोत्सवको अवसरमा सम्मान प्रदान गरेको हो ।

सम्मान पत्रमा लेखिएको छ, ‘नेपालको राजनीतिमा सक्रिय तपाईँले राजनीतिमार्फत मुलुकको आर्थिक, सामाजिक ,राजनीतिक र सांस्कृतिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्दै आउनुभएको छ। नेपालको विकट जिल्ला डोल्पाबाट राजनीति सुरु गर्नुभएको तपाईँ नेपाली राजनीतिको सम्मानित व्यक्तित्व हुनुहुन्छ । कर्णाली प्रदेशबाट प्रतिनिधित्व गरे पनि तपाईँले समग्र मुलुककै विकास र समृद्धिका लागि महत्त्वपूर्ण योगदानसहित सक्रिय भूमिका खेल्दै आउनुभएको छ। आफ्नो क्षेत्रमा तपाईँ सदैव समर्पित रही तपाईँले पुर्‍याउनु भएको योगदान प्रशंसनीय   छ । तपाईँको यो अतुलनीय योगदान उच्च कदर स्वरूप रिपोर्टस क्लब नेपाल २६औं  वार्षिकोत्सव २०८० को अवसरमा  माननीय धनबहादुर बुढा ज्युलाई विशेष सम्मानद्वारा अभिनन्दन गर्दछ । तपाईँको सुस्वास्थ्य र दीर्घ जीवनको शुभकामना । ‘

प्रतिक्रिया दिनुहोस्