images
images

सभ्य सडक संस्कार नै सडक दुर्घटना न्यूनीकरणको आधार : गृहमन्त्री लामिछाने

पूर्वाधार वाच, काठमाडौं ।

सभ्य सडक संस्कारको माध्यमबाट दुर्घटना न्यूनीकरणको मुख्य आधार भएको बताएका छन् । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलेले ट्राफिक सचेतना विशेष अभियानको सुरुवात गर्नुहुँदै यस्तो बताएका हुन्।

काठमाडौंको न्युरोड गेटबाट सुरु भएको र्‍यालीमा सहभागी भई मन्त्री लामिछानेले अभियानको सुरुवात गरेका हुन्। काठमाडौंको सभागृहमा आयोजित कार्यक्रममा मन्त्री लामिछानेले अभियानको उद्घाटन पनि गरे। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित अभियान एक सातासम्म सञ्चालन हुनेछ।

सडक र ट्राफिक नियम पालनामा सचेतना अभिवृद्धिका लागि अभियान सञ्चालन गरिएको ट्राफिक प्रहरी प्रमुख डीआईजी पोषराज पोखरेलले जानकारी दिए । अभियानका क्रममा पैदल यात्रीलाई १ मिनेट र चालकलाई २ मिनेट समय दिइएको थियो ।

सार्वजनिक यातायात सुधारका लागि पूर्व सचिव शरदचन्द्र पौडेल नेतृत्वको कार्यदलले दिएका सुझाव कार्यान्वयन गर्न यातायात व्यवसायीहरूले माग गरेका थिए ।

अभियानले धेरैलाई जिम्मेवार नागरिक बनाउन मद्दत गर्न काठमाडौं महानगरपालिकाको उपप्रमुख सुनीता डङ्गोलको बताइन् । ३० वर्ष अघिको सडक ऐनले वर्तमानको आवश्यकता सम्बोधन गर्न नसक्ने भएकाले संशोधन गर्नु पर्ने डङ्गोलले औँल्याइन्।

सडकसँग सम्बन्धित सरकारका निकाय र निजी क्षेत्रबिच सार्थक सहकार्य आवश्यक रहेको मन्त्री लामिछानेले बताए ।

प्रतिक्रिया दिनुहोस्