पूर्वाधार वाच, काठमाडौं ।
धनुषा प्रहरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हाजिर जमानतमा छाडेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवाले सिरोहियालाई हाजिर जमानतमा छाडेको जानकारी दिए ।
डीएसपी अवाका अनुसार सिरोहियालाई हाजिर जमानतमा रिहा गर्नेबारे पत्र काठमाडौं पठाइएको छ । छोरा सम्भव सिरोहियाले जमानत लिएर कैलाश सिरोहिया छुटेका हुन् ।फौजदारी कार्यविधि संहिताको दफा १५ को उपदफा १ बमोजिम परिवारका सदस्यको जमानतमा छोडिएको हो ।
‘उहाँलाई फौजदारी कार्यविधि संहिताको दफा १५ को उपदफा १ अनुसार अनुसन्धानका लागि हिरासतमा राख्न नपर्ने भन्दै छोडिएको छ,’ डीएसपी अवाले भने ।










प्रतिक्रिया दिनुहोस्