images
images

‘वर्ल्ड सिटी समिट’मा भाग लिन बालेन सिंगापुर नजाने

पूर्वाधार वाच, काठमाडौं ।

वर्ल्ड सिटी समिटमा भाग लिन काठमाडौं महानगरपालिकाका मेयर बालेन साह सिंगापुर नजाने भएका छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद्ले मेयर बालेनलाई सिंगापुर भ्रमण जान दिने निर्णय गरे पनि मेयरले भने भ्रमणमा नजाने निर्णय गरेको उनको स्वकीय सचिवालयले जनाएको छ ।

यसअघि मेयर साहले सिंगापुरमा जेठ २०-२२ गतेसम्म हुने नवौं वर्ल्ड सिटी समिटमा भाग लिन मन्त्रिपरिषद्को स्वीकृति मागेका थिए । यद्यपि उनले अन्तिम समयमा आएर उनले महत्वपूर्ण मानिएको भ्रमण स्थगित गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्