images
images

आदेश अटेर गर्दै फलामे पोल

पूर्वाधार वाच, काठमाडौं । 

उच्च अदालत पाटनको हेटौंडा इजलासले सडककिनारमा फलामे रेलिङ राख्ने कार्य बुधबारसम्म रोक्न भने पनि हेटौंडा उपमहानगरपालिकाले उक्त आदेश सुनावाइ नै गरेन ।

उच्च अदालत पाटन हेटौंडा इजलासकी न्यायाधीश मीना गौतमसेढाईंको एकल इजलासले शुक्रबार जेठ २३ गतेसम्म निवदेकहरुको जग्गाघरमा प्रवेश गर्न असर पर्ने गरी फलामे पोल, फलामे रेलिङ लगाउने कार्य नगर्नरनगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

हेटौंडा उपमहानगरपालिकाले दलबल प्रयोग गरेर शनिबार विहान उक्त सडककिनारमा रेलिङ राख्ने काम गरेको हो ।

मंगलबार हेटौंडा उपमहानगरपालिका वडा-१० ले उक्त सडककिनारमा रेलिङ राख्ने काम सुरु गरेपछि स्थानीय र व्यवसायीले व्यवसाय तथा घरमा प्रवेशमा असर पुग्ने भन्दै विरोध जनाउँदै अदालतसम्म पुगेका थिए । स्थानीय गोपाल श्रेष्ठले दिएको रिट निवेदनमाथि अदालतले २३ गतेसम्म काम नगर्नरनगराउन अल्पकालीन आदेश दिएको थियो ।

वडाध्यक्ष फुर्वा दोर्जेलामा शनिबार विहान दलबलसहित उपस्थिति भएर अदालतको आदेशलाई बेवास्ता गर्दै रेलिङको काम गरेका हुन् ।

अदालतको आदेशको अपहेलना गरेकोप्रति स्थानीयले आक्रोश पोखेका छन् । कानुनी राज्यबाट कानुन उलंघन भएपछि न्यायको आश मारेको भन्दै स्थानीयले दुःखेसो गरेका छन् ।

वडा कार्यालयले प्रहरी परिचालन गरी निर्माण कार्यलाई निरन्तरता दिएपछि स्थानीय दुई दर्जनभन्दा बढी घरधनीहरुले संयुक्त पत्रकार सम्मेलन गरी निर्माण कार्य रोक्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

वडा कार्यालयले सडककिनारमा फलामे बार राख्न सुरु गरेको हो । स्थानीयले फलामे बार निर्माण गर्दा आफ्नो घर छिर्ने बाटो अवरुद्ध हुने र पसल व्यवसायमा समेत असर पुग्ने भन्दै अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।

उनीहरुले कुनै निर्माण कार्य अघि बढाउ“दा स्थानीयको सहमति लिएरमात्र गर्नुपर्ने माग राखेका छन् । कुनै सूचना, टेन्डर तथा कोटेसन ननिकाली टीसीएन क्षेत्रको आवश्यकताविपरीत बजेट दुरुपयोग गर्ने उद्धेश्यसाथ वडा कार्यालयले फलामे बार निर्माण गरेको आरोप उनीहरुको छ ।

अदालतको आदेशपत्र आफूलाई प्राप्त नभएको वडाध्यक्ष लामाले बताए । ‘मैले कसैको घरजग्गामा रेलिङ राखेको होइन, सडकमा हालेको हु’,’ उनले भने-स्थानीयहरुलाई अवरोध गरेको छैन, सडकपेटीमा हि“ड्ने पैदलयात्रुको सुरक्षाका लागि राखिएको हो ।

सडकको दाया“बाया“ फलामे बार निर्माण कार्य रोक्न स्थानीय घरधनी तथा व्यवसायीले माग गरे पनि उनले रेलिङ राख्ने काम सम्पन्न भएको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्