images
images

फोहोरमैला व्यवस्थापनमा गम्भीर समस्या छ : मन्त्री जोशी 

पूर्वाधार वाच, काठमाडौं ।

संघीय मामिला तथा  सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले फोहोरमैला व्यवस्थापनमा गम्भीर समस्या रहेको बताएका छन् । विश्व वातावरण दिवसको अवसरमा आयोजित राष्ट्रिय सम्मेलन र प्रदर्शनी २०२४, दुई दिवसीय सम्मेलनमा बोल्दै मन्त्री जोशीले यस्तो बताएका हुन् ।

उनले दुई दिन सम्म चल्ने सम्मेलनबाट फोहोरमैला व्यवस्थापनको लागि कस्तो नीति नियम बनाउँदा उचित हुने सरकारलाई सल्लाह र निचोड प्राप्त हुने विश्वास व्यक्त गरे । उनले भने, फोहारको मुलथलो घर हो, हामीले घरबाट नै उचित व्यवस्थापन गर्न सके व्यवस्थापनमा समस्या हुँदैन ।

त्यस्तै आयोजक संस्थाको तर्फबाट बोल्दै क्रिएसन नेपालका संस्थापक अध्यक्ष आनन्द मिश्राले फोहोर ब्यवस्थापन गम्भीर चुनौती रहेको जनाए । सो अवसरमा क्रिएसन नेपालद्धारा दुई महत्वपूर्ण छलफल सत्रको आयोजना गरिएको थियो ।

फोहोमैला व्यवस्थपनमा द्धिपक्षीय र बुहपक्षीय एजेन्सीहरुबाट लगानी बिषयमा आयोजित पहिलो सत्रमा विश्व बैैंक लगायतका प्रतिनिधिले फोहोरमैला व्यवस्थापन क्षेत्रमा लगानीको बारेमा प्रकास पारेका थिए ।

छलफलमा सहभागि भएका विज्ञहरुले फोहोरमैला क्षेत्रमा काम गर्न धेरै बाँकी रहेको औंल्याउँदै नीतिगत रुपमा आवश्यक सुधारको खाँचो रहेको सामुहिक विचार व्यक्त गरेका थिए । पहिलो सत्रमा विश्व बैंक, इसिमोड र एफएचआई ३६० का प्रतिनिधिहरुले छलफल सत्रमा भाग लिएका थिए ।

त्यस्तै दोश्रो सत्रमा सन्चार जगतले फोहोरमैला व्यवस्थापनको बिषयलाई कसरी उठान गरी रहेका छन बिषयमा नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुईटेल र चर्चित अनलाइन लोकान्तरका प्रधान सम्पादक विमल गौतमले नेपालका मुलधारको मिडियाले अपेक्षाकृत रुपमा फोहोरमैला तथा वातावरणको बिषयमा कम सामाचार सामग्री प्रकासन भएको स्वीकार गरे ।

स्वमान, सिन र क्रिएसन नेपालको संयुक्त आयोजना भएको कार्यक्रमको समुदघाटन सत्रका अध्यक्षता गर्नु भएका पूर्वमन्त्री गणेश साहले सहभागिहरुलाई धन्यवाद ज्ञापन गरे ।

सो अवसरमा विभिन्न उत्पादनहरुको स्थलमा प्रर्दशनी समेत गरिएको थियो । राष्ट्रिय सम्मेलन र प्रदर्शनी २०२४ आजसम्म चल्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्