बैतडी– दार्चुलामा बाँदर धपाउने क्रममा लडेर एक जनाकाे ज्यान गएकाे छ ।
जिल्लाकाे नाैगाड गाउँपालिका -१ साङपाङका अन्दाजी ४५ वर्षिय उदय सिंह ठगुन्नाको बाँदर धपाउने क्रममा बरभगे भन्ने भीरको छेउतिरबाट लडेर ज्यान गएका हो ।
ठगुन्नाकाे बुधवार बिहान ९ बजेतिर खेतबारीमा आएका बाँदर धपाउने क्रममा भीरबाट लडेर घटनास्थल मै मृत्युु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्