बैतडी– दार्चुलामा जिप दुर्घटना भएकाे छ ।
गोकुलेश्वरबाट दार्चुला सदरमुकामतर्फ गइरहेको से १ ज १०२२ नम्बरको जिप मालिकार्जुन गाउँपालिका ७ धामीगडा भन्ने स्थानमा दुर्घटना भएकाे हाे ।
बिहीबार मध्याह्न साढे १२ बजेको समयमा जिप अनियन्त्रित भइ नालीमा खस्दा जिपमा सवार १० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक छत्र रावतले जानकारी दिए ।
घाइते सबैको जिल्ला अस्पातल दार्चुलामा उपचार भइरहेको छ । घाइतेहरुको परिचय खुल्न बाँकी रहेको छ ।
घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्