images
images

दार्चुलाकाे शैल्यशिखरका मेयरका छोरा र कृषि शाखा प्रमुख पक्राउ

 दार्चुला– सरकारी कागजात कीर्ते र जालसाजी अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

दार्चुलाको शैल्यशिखर नगरपालिकाको कृषि शाखा प्रमुख दीपकराज विष्ट र भेटेरिनरी प्राविधिक जनकसिंह धामी रहेका पक्राउ परेका हुन् ।

पक्राउ परेका जनकसिंह नगर प्रमुख विजयसिंह धामीका छोरा पनि हुन् ।

हिजो बुधबार जिल्ला अदालतबाट अनुमति लिएर पक्राउ परेका उनीहरूमाथि जालसाजी र सरकारी कागजात किर्ते मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दुबै जनाले मालिकार्जुन अगुवा कृषक समूहका कोषाध्यक्ष जानकी धामी र सचिव मञ्जु धामीको निधन भइसकेको देखाएर फर्जी कागजात तयार गरी ‘ओखर पकेट क्षेत्र’ कार्यक्रमको रकम निकाल्न खोजेका थिए ।

जानकी र मञ्जुको हस्ताक्षरबाट चल्ने समूहको बैंक खाता निष्क्रिय थियो । आफ्नो मान्छेका नाममा खाता सक्रिय बनाउन उनीहरुले जानकी र मञ्जुलाई मृत देखाउने कागजात बनाएका थिए ।

गोकुलेश्वरस्थित ग्लोबल आईएमई बैंकको शाखामा गरी समूहको खाता जानकी र मञ्जुको सट्टा अध्यक्ष जनकसिंह धामी र सचिव बसन्ती बोहराको हस्ताक्षर मान्य गरिदिन कृषि शाखा प्रमुख विष्टले पत्राचार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्