वन लसुन सहित महिला पक्राउ

वन लसुन सहित एक महिला पक्राउ परेकी छिन्।

इजाजत प्राप्त व्यक्तिले मात्रै टिपेर बेचविखन गर्न पाइने हिमाली जडीबुटी वन लसुनसहित दार्चुलामा एक महिला पक्राउ परेकी हुन् ।

सोमबार पाँच किलोग्राम वन लसुनसहित नौगाड गाउँपालिका–४ सिप्टीकी ३१ वर्षीया धाना धामीलाई पक्राउ गरिएको हो ।

भारतबाट अवैधरुपमा नेपाल ल्याउन खोज्दा महाकाली नदीमाथिको नेपाल–भारत जोड्ने झोलुंगे पुलमा सुरक्षार्थ खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले धामीलाई पक्राउ गरेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी इन्स्पेक्टर छत्रबहादुर रावतले पाँच किलोग्राम वन लसुन बरामद गरिेएको पुष्टि गरेका छन् ।

संकलन पुर्जी (अनुमती पत्र) बिना भारतबाट नेपाल भित्रयाइरहेको वन लसुनसहित पक्राउ परेकी धामी अहिले प्रहरी हिरासतमा रहेकी छन् ।

उनलाई मंगलबार नै डिभिजन वन कार्यालयमा बुझाइने इन्स्पेक्टर रावतले बताए ।

प्रतिक्रिया दिनुहोस्

images
निको खबर
images
SKIP THIS