बैतडी- बैतडीको सिगासमा नयाँ हाकिम हाजिर भएका छन् ।
गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाकिमका रूपमा शंकर बहादुर बोहरा हाजिर भएका हुन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंसिर १७ गते बोहरालाई सिगास गाउँपालिकामा सरुवा गरे थियाे।
यसअघि सिगास गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीलाई मंसिर ८ गते जिल्ला समन्वय समिति (जिसस) बैतडीमा सरुवा गरिएको थियो ।
नयाँ हाकिमका रूपमा सरुवा भई आउनुभएका बोहरा हालसम्म गृह मन्त्रालय अन्तर्गत इलाका प्रशासन कार्यालय पुर्चौंडीमा शाखा अधिकृतको जिम्मेवारी बहन गर्दै आउनुभएको थियो ।
उहाँको आगमनसँगै सिगास गाउँपालिकामा प्रशासनिक कार्यप्रणाली झनै चुस्त, पारदर्शी र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्