बैतडी-बैतडीमा मिनि ट्रक दुर्घटना हुदा चालकको मृत्यु भएको छ ।
जिल्लाको सुर्नया गाउँपालिका–४ को सन्सेरीमाण्डौबाट धनगढीतर्फ जादै गरेको भे १ क १६३९ नम्बरको मिनि ट्रक सुर्नया गायँपालिका–५ को कठेगौडमा दुर्घटनामा परेकाे हाे ।
प्रहरीका अनुसार बिहीबार राती पौने १२ बजेको समयमा दुर्घटना हुँदा चालक समेत रहेका सुर्नया गाउँपालिका–४ का २९ वर्षीय नरेश महराको घटनास्थलमै मृत्यु भएको हो ।
खाली ट्रकमा चालक मात्रै सवार रहेको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए।










प्रतिक्रिया दिनुहोस्