बैतडी– बैतडीमा रगत अभाव भएकाे बेला अन्यत्र जानू पर्ने बाध्यता हटेकाे छ ।
जिल्ला अस्पताल बैतडीमा मिनि ब्लड बैंक सञ्चालनमा आए संगै साे बाध्यता हटेकाे हाे ।
नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीको व्यवस्थापन, जिल्ला प्रशासन कार्यालय र दशरथचन्द नगरपालिकाको समन्वयमा जिल्ला अस्पतालमा मिनि ब्लड बैंक सञ्चालनमा ल्याइएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए ।
ब्लड बैंक सञ्चालनमा आएसँगै रगतको आवश्यकता भएका बिरामीहरुले अन्यत्र जानुपर्ने बाध्यता हटेको उनले बताए ।
अब रगतको आवश्यकता भएका बिरामीहरुलाई ब्लड बैंकबाट रगत उपलब्ध हुने जनाइएकाे छ ।










प्रतिक्रिया दिनुहोस्