images
images

समृद्धि फाइनान्सद्वारा वित्तीय साक्षरता कार्यक्रम

पूर्वाधार वाच, काठमाडौं।

समृद्धि फाइनान्सले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। ग्लोबल मनी विक २०२४ अन्तर्गत समृद्धि फाइनान्सको पोखरा शाखा, मधुवन शाखा, गैर शाखा र हेटौँडा शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेका हुन्।

‘प्रोटेक्ट योर मनी, सेक्युर योर फ्युचर’ भन्ने मूल नाराका साथ पोखरा शाखाबाट गुरुङ महिला समूहका ४० जना महिलालाई, मधुवन शाखाबाट स्थानीय ८० जना किसान तथा युवाहरूलाई, गैर शाखाबाट स्थानीय रैथाने विपन्न बडी समुदायका ३५ जना र हेटौँडा शाखाबाट २५ स्थानीय युवालाई वित्तीय साक्षरता दिइएको थियो।

सबै शाखा क्षेत्रहरूमा रेमिट्यान्स मुख्य आय भएकोले वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सलाई बचतमा परिणत गरी उज्वल भविष्य निर्माण गर्न मद्दत पुग्नेबारे बचतकर्ता सिकाइएको थियो।

साथै अनावश्यक खर्चलाई कटौती गरेर बचतको बानी बसाल्न सके भविष्यको जीवनयापन सहज बनाउन सकिने तथा विभिन्न डिजिटल बैंकिङ कारोबार तथा यसका अवसर र चुनौतीको विषमा प्रस्तुतीकरण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

निको खबर
images
SKIP THIS